टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

सारांश

  • सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ ।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ ।
  • हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

काठमाडौँ ।

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् ।

सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो