१४ असार २०८२, शनिबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

११ असार, काठमाडौं । 

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलबार राति भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो । भैरबी गाउँपालिका–६ तीजडाँडादेखि भैरबी गाँउपालिकातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटना भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका दैलेखका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment