२६ भाद्र २०८२, बिहीबार

काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते

९ असार, रौतहट । 

काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको छ । रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो। बा. प्र–०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक छन् । घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घाइतेबाहेक १५ जना यात्रुलाई अर्को सवारीमा चढाएर गन्तव्यतर्फ पठाइएको डीएसपी रायले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment