आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

सारांश

  •   सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ ।
  • सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
  • विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

९ असार, काठमाडौं । 

सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या,

कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको

सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने  एक युवती पक्राउ
जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने एक युवती पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड
पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने
२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची