६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो

सारांश

  • ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत उपस्थित लगिएको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए ।
  • ‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ ।

८ असार, काठमाडौं।

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत उपस्थित लगिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ । त्यसका लागि उहाँलाई पठाइसकेका छौं,’ प्रवक्ता खड्काले भने ।

गत शुक्रलबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो । अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
केपी ओली कपको फाइनल आज : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
केपी ओली कपको फाइनल आज : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा