१५ असार २०८२, आईतवार

रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ

७ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ । पार्टी स्थापना दिवसको अवसरमा आज सो पार्टीको केन्द्रिय समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ । बिहिवार बसेको केन्द्रिय सचिवालय बैठकले  ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारा तय गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा तथा कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार रास्वपाले महाधिवेशन सारेर फागुनमा पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?