१५ असार २०८२, आईतवार

दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

२ असार, काठमाडौं ।  

विद्युतीय अपराध ऐन विपरीतको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकिएको छ । आदेश आउन बाँकी रहेको अदालतका एक अधिकारीले बताए । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरुपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ । पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजीलाई व्यापक बनाएको छ । यद्यपि, उनी सम्पर्कविहीन छन् । पक्राउ पूर्जीविरुद्ध सम्पादकहरुले समेत विरोध जनाउँदै शनिबार विज्ञप्ति जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment