फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

सारांश

  •   रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
  • केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमार्फत् अलबिदा शीर्गकमा उनले लामो स्टाटस लेखेका छन् ।

२ असार, काठमाडौं । 

रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् अलबिदा शीर्गकमा उनले लामो स्टाटस लेखेका छन् । उक्त स्टाटसमा डा.श्रेष्ठले राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधी तत्वहरूका कारण आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने लक्ष्यमा लाग्दा विभिन्न स्वार्थ समूह र प्रभावशाली व्यक्तिहरूले झूठा आरोप र धम्की दिएको उनले बताएका छन् । अनावश्यक सरुवा प्रक्रिया थोपरेको पनि उनको आरोप छ । आफूलाई यो अवस्थामा पुर्‍याउने व्यक्तिहरूको नामसमेत उनले किटान गरेका छन् । उनले लामो समयदेखि भोग्दै आएको अन्याय, प्रशासनिक हस्तक्षेप, र मानसिक यातनाले थकित हुँदै अन्ततः आत्मसमर्पणको मनस्थितिमा पुगेको स्पष्ट संकेत दिएका छन्। संघर्षको कथा डाक्टर बन्ने सपना लिएर संघर्षको यात्रा शुरू गरेका ती चिकित्सकले आमाको कठिन परिश्रमबाट उक्त विषय पढे। करारमा जागिर खाँदै नेपाल प्रहरी र त्यसपछि लोकसेवा आयोगबाट बागमती प्रदेश अन्तर्गत उनी स्थायी नियुक्तिमा प्रवेश गरेका हुन्।

रामेछाप अस्पतालमा २५ महिनाको सेवामध्ये १८ महिना निमित्त मेडिकल सुपरीटेन्डेन्टको रूपमा कार्यरत रहँदा उनले अस्पतालको व्यवस्थापन सुधार, अनियमितता नियन्त्रण र सेवा प्रवाहमा उल्लेखनीय काम गरे। प्रणालीगत सुधार ल्याउन खोज्दा केही स्वार्थी तत्त्वहरूको आँखाको कसिंगर बनेको उनको गुनासो छ । ‘केदार कार्की’ प्रकरण डा. श्रेष्ठले रामेछापका केदार कार्कीले मागेको आर्थिक सुविधा र आफन्तलाई जागिरमा नलिएपछि आफूविरुद्ध सुनियोजित षड्यन्त्र रचिएको बताएका छन् । एकजना डाक्टरले एप्रोन नलगाएको विषयमा सामान्य प्रश्न उठाउँदा उनलाई सामुहिकरूपमा लाञ्छित गर्ने र धम्क्याउने प्रयास भएको पनि उनको गुनासो छ। ती डाक्टरकै माध्यमबाट केदार कार्की कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गर्छु’ भन्दै धम्की दिएको आरोप उनले लगाएका छन्। सरुवा २०८२ साल जेठ २८ गते दिउँसो ३ बजे मात्रै छानबिन टोली आउने जानकारी दिइए पनि त्यही दिन ४ बजे सरुवा आदेश जारी गरेर २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन बाध्य बनाइएको उनको गुनासो छ ।

 

उनले राति ९ बजे नै श्रीमती र दुई वर्षीया छोरीसहित उनी रामेछापबाट काठमाडौं आएएको बताएका छन् । बिहान ४ बजे पुगेर हेटौंडाका पुगे पनि त्यहाँसमेत मन्त्रालयको गाडी खोसेर हाजिर नगराई अपमानजनक व्यवहार भएको उनको भनाइ छ । मन्त्रालयबाट बेवास्ता उनले बारम्बार स्वास्थ्य मन्त्री प्रदीप पौडेल र सचिवसँग न्यायको गुहार गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। आफूले दोषी कर्मचारीविरुद्ध कारबाही गर्दा उल्टै प्रतिशोधको सिकार बनाइएको भन्दै उनले दिक्दारी मानेका छन् । अस्पताल सुधारमा योगदान पुर्‍याएकोमा पुरस्कारको सट्टा कारबाही झेल्नुपरेको गुनासो उनले गरेका छन्। उनले फेसबुकमा भनेका छन्, ‘आज मलाई आत्महत्या गर्न बाध्य बनाइयो। यो अन्याय सहन सकिएन।’ उनले अन्तिम सन्देशमा आफ्नी आमा, श्रीमती भावना र छोरीसहित आफन्तहरूसँग क्षमा मागेका छन्। उनी काठमाडौंको गोपीकृष्ण हलबाट उत्तरतिर याङतारू सेकुवा कर्णर आसपास पुगेदेखि बेपत्ता छन् । उनले प्रयोग गर्ने मोबाइल फोन अफ छ । अन्तिम लोकेशन कपनको साततले क्षेत्रमा देखिएपछि अहिले ठूलो संख्यामा खोजीका लागि प्रहरी जुटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन
भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
स्रोत नखुलेको ५७ लाख रकम सहित तीन जना पक्राउ
स्रोत नखुलेको ५७ लाख रकम सहित तीन जना पक्राउ
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’