१६ असार २०८२, सोमबार

संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

१ असार, काठमाडौं ।

अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।

तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् । अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Post Comment