१५ असार २०८२, आईतवार

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

३० जेठ, काठमाडौं ।

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको  जानकारी दिए ।

एसएसपी अधिकारीका अनुसार प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो । बिहीबार राति  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment