माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
२८ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ । गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । जेठ १९ गते पार्टीका केन्द्रीय सदस्यहरूलाई माओवादी केन्द्रले पठाएको सर्कुलरमा पार्टी एकीकरण या समायोजनसम्बन्धी व्यवस्था निष्क्रिय बनाउने निर्णय गरेको छ । २०८० फागुनमा काठमाडौंमा भएको माओवादी केन्द्रको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्राबधान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment