१५ असार २०८२, आईतवार

अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु

२७ जेठ, अस्ट्रिया । 

अस्ट्रियाको  ग्राज सहरको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मंगलबार जनाएको छ । गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत  गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।


अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मंगलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो । घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment