साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
२६ जेठ, काठमाडौं ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ । दिनभरमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर कारोबार भएको छ ।
सोमबार १९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८४८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सोमबार होटल तथा पर्यटन, जीवन बीमा र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment