गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी

सारांश

  •   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन्।
  • शुक्रबारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष-उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले  निर्वाचनमा गठबन्धन गरेर कानुन मिच्ने काम नगर्न आग्रह गरेकी हुन्।
  • ‘आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन  जरुरी छ,’ उनले भनिन्,  ‘ नेपालको संविधानले संघीय शासन प्रणालीमार्फत स्थानीय तहअन्तर्गत स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको छ।

२३ जेठ, काठमाडौं । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन्। शुक्रबारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष-उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले  निर्वाचनमा गठबन्धन गरेर कानुन मिच्ने काम नगर्न आग्रह गरेकी हुन्।

‘आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन  जरुरी छ,’ उनले भनिन्,  ‘ नेपालको संविधानले संघीय शासन प्रणालीमार्फत स्थानीय तहअन्तर्गत स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको छ। संविधानले कम्तिमा प्रमुख उपप्रमुखमध्ये एकजना महिला निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।’ संघीय लोकतान्त्रिक गणतन्त्रले नै नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएको उनको भनाइ छ। ‘यस व्यवस्थाले नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएर विकास निर्माणका सारथीको रूपमा उपाध्यक्ष उपप्रमुखहरूलाई अघि सारिएको छ’ उनले थपिन्।

राज्यका विभिन्न अङ्ग तथा निकायहरूमा महिलाको सहभागिता बढ्दै गए पनि यो औपचारिकतामा मात्र हुन नहुने बताउँदै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ। उनले भूमिकालाई प्रभावकारी बनाउन महिला जनप्रतिनिधिहरूको कार्यक्षमता, सामर्थ्य र नेतृत्व क्षमता निरन्तर अभिवृद्धि गर्दै लैजानुपर्ने बताइन्।  राजनीतिक दलका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जनसेवा र सामाजिक आर्थिक विकासमा केन्द्रित हुनु पर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ। विकासप्रतिको जनआकांक्षालाई साकार पार्न स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्न भण्डारीले आग्रह गरिन्।  जलवायु परिवर्तन र बालबालिकाको शिक्षा विषयमा समेत उनले आफ्नो चासो रहेको बताएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका
सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु