पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
१७ पटक हेरिएको
Shares
पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

सारांश

  • उदयपुर जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ ।
  • सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताउनुभयो ।
  • शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उहाँले बताउनुभयो ।

१८ जेठ,उदयपुर ।

उदयपुर जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताउनुभयो । शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उहाँले बताउनुभयो । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताउनुभयो । रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताउनुभयो ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पा बताउनुहुन्छ । मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताउनुभयो । बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ