मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
६९ पटक हेरिएको
Shares
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

सारांश

  • नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ ।
  • यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो ।
  • त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको छ ।

१७ जेठ, काठमाडौँ ।

नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताउनुभयो । उहाँका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातिदेखि मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ । पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको पनि मौसम विज्ञान विभागले जानकारी दिएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
हात्तीको आक्रमणबाट एक वृद्धको मृ*त्यु
हात्तीको आक्रमणबाट एक वृद्धको मृ*त्यु
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ