२६ जेष्ठ २०८२, आईतवार

सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा

 १५ जेठ, काठमाडौं ।

नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८०/८१ मा नाफा ४२ अर्ब ६२ करोड नाफा कमाएका छन् ।  अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफा रहँदा सो बराबरको नाफा आर्जन भएको हो ।

१५ वटा संस्थान नोक्सानमा हुँदा २ वटा बन्द अवस्थामा रहेका छन् । कुल संस्थानमध्ये जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् । यी संस्थानले आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ६० अर्ब १५ करोड सञ्चालन आय गरी गरेका छन् । यो अघिल्लो वर्ष तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment