गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १८, २०८०
|
|
९१ पटक हेरिएको
Shares
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

सारांश

  • गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ ।
  • भूकम्प प्रभावितको उद्धार र उपचारमा सहयोग गर्ने उद्धेश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको हो ।
  • प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्धेश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

१८ कार्तिक, पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ ।

भूकम्प प्रभावितको उद्धार र उपचारमा सहयोग गर्ने उद्धेश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्धेश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् ।

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौं,’ जारी अपिलमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताए । यसअघि लुम्बिनी प्रदेशले पनि स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)