लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एक जनालाई पक्राउ
१३ जेठ,हेटौंडा ।
प्रहरीले लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एकजनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका –१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गरेको हो ।उनलाई मंगलबार बिहान करिब पौने १० बजे पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला परेको हो । उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment