२६ जेष्ठ २०८२, आईतवार

मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा

 

१३ जेठ, काठमाडौं । 

सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालयमा भने प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याइएको छ। साथै, मन्त्रिपरिषद्ले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?