तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि

सारांश

  • चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीहरूको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान हुने भएको छ।
  •   न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईसहित ५० जना प्रतिवादीको बयान हुनेछ।
  • बयान सकिएपछि मात्रै थुनछेकको आदेश आउनेछ।

१२ जेठ, काठमाडौं

चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीहरूको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान हुने भएको छ।  न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईसहित ५० जना प्रतिवादीको बयान हुनेछ। बयान सकिएपछि मात्रै थुनछेकको आदेश आउनेछ। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो। प्रसाईं राजावादीले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर थिए। १५ चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएका थिए। पछि प्रहरीले प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए। हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा