मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ

सारांश

  •   धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकारलाई रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने चेतावनी दिएका छन्।
  •   सामाजिक सञ्जालमा लेख्दै मेयर राईले यस्तो चेतावनी दिएका हुन्।
  • सरकारले १०-१० अर्ब भ्रष्टाचार गरेर मात्रै एयरपोर्ट बनाउने नीति लिएको व्यंग्य गर्दै धरानमा किन नबनाएको भनेर बल्ल आफूले थाहा पाएको बताए।

 

१० जेठ,  काठमाडौँ  । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकारलाई रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने चेतावनी दिएका छन्।  सामाजिक सञ्जालमा लेख्दै मेयर राईले यस्तो चेतावनी दिएका हुन्। सरकारले १०-१० अर्ब भ्रष्टाचार गरेर मात्रै एयरपोर्ट बनाउने नीति लिएको व्यंग्य गर्दै धरानमा किन नबनाएको भनेर बल्ल आफूले थाहा पाएको बताए। तर आफ्नो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे भने पनि रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने प्र्याक्टिस ब्याक्स बनाएर पिना बनाउने नीति रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘धरानमा किन एयरपोर्ट नबनाको भनेको त १०-१० अर्ब भ्रष्टाचार गरेर मात्रै बनाउने नीति रैछ! तर मेरो पालिकामा १० अर्ब त के १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्डाएर kick boxing सिक्ने practice bax बनाएर पिना बनाउने नीति छ, अनि बनाउँछ त! कुरा बुझियो, सरकार! पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँदा अर्बौँ रकम घोटाला भएको निष्कर्ष निस्किएपछि मेयर राईले असन्तुष्टि जनाएका हुन्। संसदीय छानबिन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका व्यापक भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानबिन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?