गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२० पटक हेरिएको
Shares
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश

सारांश

  •    गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा.
  • विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा निवेदन पेश भएको छ ।
  • अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दावी सहित सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

९ जेठ, काठमाडौं । 

 गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा निवेदन पेश भएको छ । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दावी सहित सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

निवेदकहरुले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, बाणिज्य र बैंकिङ क्षेत्रको उपाधी नभई ग्रामिण विकास अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधी नभएको, सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिपर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदर गर्न माग गरिएको छ ।  न्यायाधीश सपना प्रधान मल्लको इजलासले गत  मंगलबार रिट दरपीठ गरेपछि पौडेललाई मन्त्रीपरिषद्ले मंगलबार नै नियुक्ति गरी हतारहतार सपथ समेत गराइएको थियो । सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै आधारमा रिट दरपीठ भएको थियो ।

पौडेल कुनै राजनीतिक दलको व्यक्ति रहेको र उनी आफैं सिफारिस समितिको सदस्य समेत रहेकै अवस्थामा पहिल्यै म्याच फिक्सिङको शैलीमा नियुक्ति गर्ने परिपाटीले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१, ३२ र सुशासन ऐन, २०६४ को दफा १८ को स्पष्ट बर्खिलाफ रहेको पनि रिट निवदेनमा दावी गरिएको छ । अधिवक्ताद्धय उप्रेती र थापाले यसअघि मापदण्डको विषयमा दायर भएको रिट निवेदनमा वैशाख १७ गते न्यायाधीशद्धय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासबाट अन्तरिम आदेश जारी भई मापदण्डको कार्यान्वयन रोकिएको छ । गभर्नरको नियुक्ति मापदण्ड सर्वाेच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले बैशाख २ गते अल्पकालिन अन्तरिम आदेश दिएर रोकिदिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने