तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु
९ जेठ, काठमाडौं ।
दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। सल्यानको बागचौर नगरपालिका – ११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियारको मृत्यु भएको हो ।
बिहीबार राति सवा ९ बजे अचेत अवस्थामा फेला परेका उनीहरुले पहिचान हुन नसकेको बिषादी खाएको पत्ता लागेको थियो । दिपुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दिपाको बाँकेस्थित नेपालगञ्ज नरसिङ होममा मृत्यु भएको हो । कक्षा ११ मा अध्यनरत उनीहरु नाताले नाताले दिदी-बहिनी हुन्। दिपा दिपुको मामाको छोरी रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment