आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

सारांश

  • म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन ।
  • जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ ।
  • ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ ।

 

६ जेठ, म्याग्दी ।

म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ ।

जिल्लाको अन्तिम गाउँ गुर्जा छन्त्याल जातिको ठूलो बस्ती भएको गाउँ हो । यो गाउँलाई छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल भनेर पनि चिनिन्छ । पछिल्लो समय गुर्जा गाउँ आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ । त्यसपछि धेरैका लागि रहस्य बनेको गुर्जा गाउँमा सदरमुकाम बेनी बजारबाट एकैदिनमा जाउआउ गर्न सकिने छ । वडाध्यक्ष छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

अब गाउँ पुग्न पाँच किलोमिटर मात्र बाँकी छ । “गुर्जा सडक सञ्जालसँग जोडिएपछि धेरैको गुर्जा पुग्ने सपना पूरा हुनेछ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले रु दुई÷दुई करोड बजेट विनियोजन गरेर रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले पनि धमाधम काम भइरहेको छ । समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा गाउँमा २०८२ साल सुरु भएपछि व्यक्तिगत र संस्थागत रूपमा भ्रमण गर्नेको संख्या बढेको छ । सदरमुकाम बेनी बजारका केही संस्था गुर्जा पुगेर विभिन्न किसिमका कार्यक्रम पनि गरेका छन्त्यालले बताउनुभयो । केही दिन अघिमात्र म्याग्दी जेसिजको एक टोली गुर्जा पुगेर फर्केको छ । “गुर्जा गाउँ पर्यापर्यटन र सांस्कृतिक तथा जैविक विविधताका लागि अध्ययन अवलोकन गर्न खुला विश्वविद्यालय जस्तो रहेछ”, जेसी सुमन बानियाँले बताउनुभयो । यो गाउँमा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका प्रशस्तै खजाना रहेका हालै गुर्जाको भ्रमण गरेर फर्किनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “

 

गुजमुज्ज परेका परम्परागत शैलीका सफा र चिटिक्कका घर, रहरलाग्दो पशुपालन, विषादी र रासायनिक चिजहरूको प्रयोग नगरीकन फलाइने ‘अग्र्यानिक’ उत्पादन, चारैतिर हरिया वनजङ्गल, भीडभाड र कोलाहल मुक्त परिवेश, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल समुदाय, गुर्जा साच्चिकै आकर्षक स्थल हो, यो जीवनमा एकपटक पुग्ने पर्ने ठाउँ हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता नै गुर्जाको विशेषता हो । यहाँ वैशाखदेखि जेठको पहिलो सातासम्म व्यक्तिगत, संस्थागत र राजनीतिक भेटघाट वा कार्यक्रमका लागि गरी १०० बढी आन्तरिक पर्यटक पुगिसकेका स्थानीय कमल छन्त्यालले बताउनुभयो । गुर्जा गाउँलाई ‘एडभेन्चर ट्रेल हब’का रूपमा विकसित गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यहाँबाट ढोरपाटन, पुथा र चुरेन हिमालको आधार शिविर हुँदै एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्गसमेत पहिचान गरी प्रयोगमा ल्याउने पहल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना