२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

 

६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ । सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले अनुपस्थित हुने हुँदा प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको बताए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?