स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
४ जेठ, काठमाडौं ।
रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् । थप जाँच भइरहेको भन्दै परिमाण खुलाएनन् । यद्यपि, नेपाल प्रहरी उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment