३ जना सांसद निलम्बित, १ फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४९ पटक हेरिएको
Shares
३ जना सांसद निलम्बित, १ फरार

सारांश

  • निलम्बित हुने प्रतिनिधि सभा सदस्यको संख्या ३ पुगेको छ ।
  • ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएकामध्ये ३ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् ।
  • बिहीबार नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।

१ जेठ, काठमाडौं ।

निलम्बित हुने प्रतिनिधि सभा सदस्यको संख्या ३ पुगेको छ । ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएकामध्ये ३ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् । बिहीबार नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।

बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । अन्य २ जना सांसद यस अगाडि देखि नै निलम्बनमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने निलम्बनमा छन् । सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् ।नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् । सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्ष देखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी हुन् । छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो। चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ। बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ। नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न