त्रिशूली नदीमा दुई बालिका बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
त्रिशूली नदीमा दुई बालिका बेपत्ता

सारांश

  •  नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्।
  • मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
  • बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्।

३१ वैशाख, काठमाडौं ।

 नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्। ‘उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका रहेछन्,’

एसपी रेग्मीले भने, ‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउना साथ हाम्रो टोली खोजीमा जुटेको हो । रातिसम्म खोज्दा पनि फेला परेनन्। आज पनि बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ।’ दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा गएका अभिभावकको भनाई छ। दिदीहरु नदीमा बेपत्ता भएपछि बालकले अभिभावकलाई खबर गरेका थिए। उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा आएको हावाहुरीले जनधनको क्षति, तीन जना घाइते
सर्लाहीमा आएको हावाहुरीले जनधनको क्षति, तीन जना घाइते
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?