संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
३० वैशाख, काठमाडौं ।
संखुवासभाको खाँदबारी नगरपालिका–१, मा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेतलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५७० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment