२६ जेष्ठ २०८२, आईतवार

दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार

 

२७ वैशाख, क्यालिफोर्निया ।

जब विश्वका अरबौं मानिस दैनिक जीवनका आधारभूत आवश्यकता- स्वास्थ्य, शिक्षा र सुरक्षित वातावरणको खोजीमा संघर्ष गरिरहेका छन्, त्यही बेला प्रविधिको सफलतम उद्यमी बिल गेट्सले इतिहासकै ठुलो सहयोग घोषणा गर्दै मानवता प्रतिको गहिरो समर्पण प्रस्तुत गरेका छन्। गेट्सले आगामी १० वर्षभित्र स्वास्थ्य, शिक्षा, र जलवायु संकट समाधान गर्न २०० अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यो रकम केवल आर्थिक सहयोग होइन, एक वैश्विक चेतना हो, जहाँ मुनाफाभन्दा मानवीय भविष्यलाई प्राथमिकता दिइएको छ। उनको भनाइ छ– “हामीसँग धनभन्दा बढी शक्ति छ भने, त्यो शक्ति अब जिम्मेवारीमा रूपान्तरण हुनु आवश्यक छ।”

यस सहयोगले अफ्रिका, दक्षिण एसिया, र लाटिन अमेरिकाजस्ता क्षेत्रहरूमा स्वास्थ्य केन्द्रहरूको निर्माण, शिक्षक प्रशिक्षण, बालबालिकाको पोषण, स्वच्छ पानी तथा हरित ऊर्जा प्रवर्द्धनमा प्रयोग गरिनेछ। गेट्स फाउन्डेसनका अनुसार, यो अभियानले करोडौँ बालबालिकाको जीवन सुधार्नेछ, थुप्रै देशका शिक्षा प्रणालीलाई समावेशी बनाउनेछ, र जलवायु परिवर्तनविरुद्धको लडाइँलाई नयाँ दिशा दिनेछ। बिल गेट्सले यो दानलाई सञ्चित धनको नयाँ अर्थका रूपमा लिएका छन् । सामान्यतः अर्बपतिहरूको सफलताको मापन उनीहरूको सम्पत्तिमा गरिन्छ, तर गेट्सले संसारकै अगाडि एक नयाँ विमर्श प्रस्तुत गरेका छन्— “सम्पत्ति त्यो हो, जुन बाँड्दा त्यसको मूल्य बढ्छ।”

यो सहयोग केवल आर्थिक मात्रै होइन, एउटा सन्देश हो– संसार परिवर्तन गर्न ठूला सरकार होइन, ठुला मनहरू चाहिन्छ। बिल गेट्सको यो कदमले अबका दिनमा अन्य धनी उद्यमीहरूलाई पनि विश्वका साझा संकटहरूप्रति उत्तरदायी बन्न प्रेरणा दिने विश्वास गरिएको छ। हुन त गेट्सको योगदानले सबै समस्या समाधान गर्दैन, तर यसले निश्चित रूपमा आशा, उत्तरदायित्व, र सहकार्य को ढोका खोलिदिएको छ। जब सम्पत्ति बोल्दैन, मानवता बोल्न थाल्छ – त्यति बेला बिल गेट्सको नाम केवल प्रविधिका लागि होइन, भविष्यको लागि सम्झिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?