प्रिसा साहको मृत्युबारे संसद्मा गृहमन्त्रीसँग जवाफ माग
२१ वैशाख, काठमाडौं ।
सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् । भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे । चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्न उनको आग्रह छ । नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘म गृहमन्त्रीसँग जवाफ माग गर्दछु’ उनले भनिन्, ’ उनले भनिन्, ‘किन बारम्बार घटना भइरहेका छन ? यसबारे समिति बनाएर छानबिन गरियोस् ।’ नेकपा एमालेकी सांसद सुमित्रा बिसी भविष्य बनाउँछु भनेर विदश पढ्न गएकाहरूको सुरक्षामा नेपाल सरकारले पनि ख्याल गर्नेपर्ने आग्रह गरिन् ।
Post Comment