८ श्रावण २०८२, बुधबार

भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई

 

१७ वैशाख, काठमाडौँ ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा भारतमा नागरिक स्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको बताए । उनले अनावश्यक ढङ्गले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप लगाए । उनले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?