शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

सारांश

  • काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।
  • शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
  • प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

 

१३ वैशाख, काठमाडौं ।

काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् । प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो । घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ