२६ जेष्ठ २०८२, आईतवार

नेपालले हङकङलाई ६ विकेटले हरायो

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ ।

हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसको सुरुवात नै निकै खराब रह्यो ।

१४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २-२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?