२६ जेष्ठ २०८२, आईतवार

श्रीमानको किरिया बसेकी श्रीमतीको निधन

 

तुलसीपुर, वैशाख १३ गते । श्रीमानको किरिया कर्मकै अवस्थामा रहेकी भगवती शर्माको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्मा किरिया बसेकै अवस्थामा शनिबार बिहान निधन भएको हो । शुक्रबार राति ११ बजे जीवनजल पानी खाएर सुत्नु भएको शर्मा बिहान उठाउने बेला न उठेपछि तत्काल राप्ती लाइफ केयर हस्पिटलमा लगिएको थियो ।

अस्पताल लगिए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको विनोद शर्माले जानकारी दिनुभयो । शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोल रोगबाट पीडित हुनुहुन्थ्यो । शर्मा पनि एक दशकदेखि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गर्दै आउनुभएको थियो । शर्मा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य एवम् राप्ती प्रादेशिक अस्पताल विकास समितिको सदस्य हुनुहुन्थ्यो ।  यस अघि उहाँका पति नारायण आचार्यको गोली लागेर मृत्यु भएको थियो । घरमै रहेको १२ बोर बन्दुकले आफैँ गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक प्रतिवेदनले  उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment