मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
१२ वैशाख, काठमाडौं ।
मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका-९ बस्ने ४० वर्षीय महमद हासिम मियाँ रहेका छन् ।
सुन्दरहरैँचा नगरपालिका-१, हरैँचा चोकस्थित सडकमा ना१ क ६२७० नम्बरको टिपरले प्र.१-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिए दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment