सिन्धुपाल्चोकमा भूकम्पको धक्का
१२ वैशाख, काठमाडौं ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ परकम्प हो । ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment