भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन

सारांश

  • जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् ।
  • भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।
  • विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।

 

११ वैशाख, जनकपुर ।

जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् । विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।

उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् । उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरमा भएको घटनाले आतंकवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?