भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
११ वैशाख, जनकपुर ।
जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् । विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।
उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् । उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरमा भएको घटनाले आतंकवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment