प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्मन्त्रीको भेट
१० वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत् र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ ।
पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरूबीच छलफल भएको थियो । भारतीय मन्त्री भट्टरले अरुण– ३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment