सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सारांश

  •   सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।
  •   पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन् ।

९ वैशाख,सिरहा । 

सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन् ।

जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चेक पोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध हतियार बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बताए ।  मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला पारेको जनाएको छ । साथै प्रहरीले उनीहरूको साथबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलसमेत बरामद गरेको छ ।  सिरहा प्रहरीको हिरासतमा रहेका दुवै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ
सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ
बजेटको आकार सन्तुलित भएको अर्थमन्त्रीको दाबी
बजेटको आकार सन्तुलित भएको अर्थमन्त्रीको दाबी
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र