छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
४० पटक हेरिएको
Shares
छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

सारांश

  • बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
  • यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो ।
  • उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ ।

५ वैशाख, हेटौंडा ।

बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’

वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ । महाप्रबन्धक कर्णले उद्योगलाई पुनः सबल बनाउन सरकारको विशेष सहयोग आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने