पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला

सारांश

  • माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो।
  • विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेका छन्।
  • गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो।

२ वैशाख, पोखरा –

 पोखरा महानगरको स्वास्थ्य महाशाखामा हटाइएका करार कर्मचारीले तालाबन्दी गरेका छन्। माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो। विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेका छन्।

गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो। विना कारण निष्काशित करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्नुपर्ने, सेवा करारका स्वास्थ्यकर्मी/कर्मचारीको कानुनी हक हितको ग्यारेण्टी गर्नुपर्ने, पोखरा महानगरपालिकामा संस्थागत सुशासन र विधिको शासन कायम गर्नुपर्ने माग कर्मचारीको छ। महानगरले बनाएको संगठन तथा व्यवस्थापन सर्वेक्षण तुरुन्त कार्यन्वयन गर्न पनि दवाव दिएका छन्।

स्वास्थ्यकर्मी हटाएर कर्मचारी विहीन स्वास्थ्य महाशाखा नचलाउन उनीहरुको चेतावनी छ। सर्वोच्च अदालतले समग्र करार कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।  उक्त आदेश कार्यान्वयनको माग स्वास्थ्यकर्मीको छ। जागिरबाट हटाइएपछि माघ पहिलो सातादेखि उनीहरु आन्दोलित छन्। महानगरले एकैपटक ६१ स्वास्थ्यकर्मीको करार सम्झौता नगर्ने निर्णय गरेको थियो। हटाइएका कर्मचारीले सर्वोच्च समेत गुहारे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सर्लाहीमा नागरिकता बनाउनेको भिड
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै