भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ

सारांश

  • आज बैशाख १ गते भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रामा लिङ्गो ढालेर हर्सोउल्लासका साथ मनाइदैँछ ।
  •   भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।
  • यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

 १ बैशाख, काठमाडौं ।

आज बैशाख १ गते भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रामा लिङ्गो ढालेर हर्सोउल्लासका साथ मनाइदैँछ ।  भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेलगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको छ । चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पुजा गरेर गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरू गरिने यो जात्रा भक्तपुरबासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।त्यस्तै काठमाडौको टोखा पनि विस्काः जात्रा चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?