यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित

सारांश

  • नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ ।
  • आइतबार भएको खेलमा यूएईलाई डकवर्थ लुईस पद्धिति (डिएल मेथड) अनुसार ५ रनले हराउँदै आयोजक नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
  • नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

३१ चैत, काठमाडौं ।

नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा यूएईलाई डकवर्थ लुईस पद्धिति (डिएल मेथड) अनुसार ५ रनले हराउँदै आयोजक नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।

यूएईका लागि किरण राईले अविजित १०४ रनको शतकीय पारी खेले । नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको यूएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो । त्यसअघि मूलपानी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले ।

उनले ७५ बलमा सात चौकासहित ६७ रनको महत्वपूर्ण पारी खेले ।  यस्तै, दिलशाद अलीले ४० बलमा‌ एक छक्कासहित‌ ३४ रन जोडे । त्यस्तै, साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन‌ जोडे । यूएईका उदिश सुरीले तीन, सालोम डिसुजा र युग शर्माले दुई/दुई विकेट लिए । यो जितपछि नेपालले दुई अंक जोडेको छ ।  जारी विश्वकप छनोटमा नेपाल र यूएईसँगै अफगानिस्तान, ओमान र हङकङ पनि प्रतिस्पर्धा गर्दैछन् । विजेता टिमले सन् २०२६ मा हुने यू–१९ विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?