२६ जेष्ठ २०८२, आईतवार

यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, यूएईविरुद्ध रोमाञ्चक जित

 

३१ चैत, काठमाडौं ।

नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा यूएईलाई डकवर्थ लुईस पद्धिति (डिएल मेथड) अनुसार ५ रनले हराउँदै आयोजक नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।

यूएईका लागि किरण राईले अविजित १०४ रनको शतकीय पारी खेले । नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको यूएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो । त्यसअघि मूलपानी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले ।

उनले ७५ बलमा सात चौकासहित ६७ रनको महत्वपूर्ण पारी खेले ।  यस्तै, दिलशाद अलीले ४० बलमा‌ एक छक्कासहित‌ ३४ रन जोडे । त्यस्तै, साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन‌ जोडे । यूएईका उदिश सुरीले तीन, सालोम डिसुजा र युग शर्माले दुई/दुई विकेट लिए । यो जितपछि नेपालले दुई अंक जोडेको छ ।  जारी विश्वकप छनोटमा नेपाल र यूएईसँगै अफगानिस्तान, ओमान र हङकङ पनि प्रतिस्पर्धा गर्दैछन् । विजेता टिमले सन् २०२६ मा हुने यू–१९ विश्वकप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?