मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
६५ पटक हेरिएको
Shares
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर

सारांश

  • पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.
  • धवलशम्सेर राणालाई रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।
  • पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए ।

३० चैत,  काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका नेताहरुको रिहाइको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए । पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने । ‘हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नुपर्दछ’, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीमा महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह रहेका थिए । त्यसैगरी, वरिष्ठ केन्द्रीय सदस्यहरु जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनी पनि उक्त टोलीमा सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित