पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण

सारांश

  • वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन्।
  • हिजो कानुन समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनाबारे छानबिन गर्नको लागि पूर्वराजालाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका थिए।
  • कांग्रेस सहमहामन्त्री समेत रहेका परियारको प्रस्तावले पूर्वराजालाई समितिमा बोलाउन मिल्ने नमिल्ने बहस चलिरहेको बेलामा भट्टराईले यस्तो तर्क गरेका हुन्।

३० चैत, काठमाडौं ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन्। हिजो कानुन समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनाबारे छानबिन गर्नको लागि पूर्वराजालाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका थिए।

कांग्रेस सहमहामन्त्री समेत रहेका परियारको प्रस्तावले पूर्वराजालाई समितिमा बोलाउन मिल्ने नमिल्ने बहस चलिरहेको बेलामा भट्टराईले यस्तो तर्क गरेका हुन्। नेपाल बारका पूर्व उपाध्यक्ष समेत रहेका उनले भनेका छन्, ‘हिजोको संसदीय समितिमा गत चैत्र १५ गते राजावादीले मच्चाएको अमानवीय वितण्डा बारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने विषयमा भएको छलफल र माननीय जीवन परियार लगायतले राख्नु भएको मतको सम्मान गर्नु पर्दछ ।’ पूर्वराजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो विषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै हो तर संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न नमिल्ने उनको भनाइ छ।

उनले यो विषयमा सांसद परियारसँग भेटेर विस्तृत कुराकानी भएको बताए। उनले पूर्वराजालाई समितिमा बोलाउन नमिल्ने ४ कारण दिएका छन्। १. उनी केवल नागरिक हुन् संसद् नागरिकप्रति उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ। २. संसदले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यतामा प्रश्न उठ्छ। ३. कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो वितण्डामा पूर्वराजाको संलग्नताको मात्रा अनुसार कारबाही गर्ने दायित्व सरकारको हो।

किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जवाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन । त्यसको एउटा अपबाद छ संसदको बिशेषाधिकार हनन भएको र महाअभियोगको प्रस्न उठेको अवस्थामा भने संसदले सर्ब साधारण नागरिकलाई पनि झिकाउन सक्छ। ४. पूर्वराजालाई संसदमा बोलाउने कुराले उनैको महत्त्व र गरिमा बढ्ने र उनी कार्यकारी अधिकार प्राप्त व्यक्ती हुन भन्ने सन्देश सम्प्रेषण हुन्छ र यसले संसदीय व्यवस्थाको मूल्य मान्यतामा समेत ह्रास आउँछ। तसर्थ उनलाई होइन यो प्रकरणमा सरकारले उनलाई अहिलेसम्म किन कारबाही नगरेको भनेर सरकारलाई जवाफदेही बनाऔँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च