कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल

सारांश

  • शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
  • उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे।
  • उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे।

३० चैत, काठमाडौं :

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे।

उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे। उनले कांग्रेसको अर्थनीतिमै अरू राजनीतिक दलहरू हिँडिरहेको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए। उनले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको बताए। मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो। आज कांग्रेसबाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन। कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन्।’

उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए। २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए। प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गरे। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए। संघीय मन्त्रिमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताए। प्रदेशको मन्त्रिमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताए। राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताए। मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत