पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
२९ चैत, काठमाडौं –
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउन लागिएको छ। भारतमा पक्राउ परेका उनलाई नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो।

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको थियाे भने उनलाई आजै काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ। प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment