दिउँसै बत्ती बालेर शिक्षकले खोजे सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
६० पटक हेरिएको
Shares
दिउँसै बत्ती बालेर शिक्षकले खोजे सरकार

सारांश

  • शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।
  • बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् ।
  • उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

२६ चैत, काठमाडौं ।

शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ । शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । आज उनीहरुले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ